डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Image
maya metro

डोटी – डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा गएराति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो। दुर्घटना राति करिब १२:३० बजे भएको हो।

nisarga

दुर्घटनामा परेका जीप चालक समेत रहेका सुबोध रोकायाको घटनास्थलमै ज्यान गएको हो।