गोदावरी नगर स्तरिय परीक्षाको नतिजा प्रकाशन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आधारभूत तहको नगर स्तरीय परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नगरपालिकाले चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको कक्षा ५ र ८ को नतिजा आज प्रकाशित गरेको हो । चैत्र १२ गतेसम्म सञ्चालन हुने परीक्षामा कक्षा ५ मा नगरका ५० वटा सामुदायिक र ३२ वटा संस्थागत विद्यालयका २ हजार ६७१ जना विद्यार्थी सहभागी भएका थिए ।

nisarga

त्यस्तै ८ कक्षामा ३२ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालयका ३ हजार १३९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

परिक्षामा ५८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

यसरी हेर्न सकिन्छ नतिजा