गोदावरीमा आधारभूत तहको परीक्षामा यि हुन् शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बुधबार (हिजो) आधारभूत तह (कक्षा ५ र ८)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार जम्मा ५८.१७ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् ।

कक्षा ८ को परीक्षामा केहि विद्यालयहरुले शतप्रतिशत नतिजा हाँसिल गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनीक आवासीय महाविद्यालय तेघरीले आधारभूत तहको परीक्षामा शतप्रतिशत नतिजा हाँसिल गरेको छ ।

nisarga

गोदावरी नगरपालिकाले चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा सैनीक आवासीय महाविद्यालय तेघरीले शतप्रतिशत नतिजा हाँसिल गरेको हो ।

विद्यालयबाट कक्षा ८ को परीक्षामा १०१ जना सहभागी भएकोमा सबै उत्तिर्ण भएका हुन् । नतिजा अनुसार उत्तिर्ण विद्यार्थीमध्य ४ जनाले ४ जीपीए हाँसिल गरेको विद्यालयले जनाएको छ ।

त्यस्तै ८५ जनाले ए प्लस र १२ जनाले ए जीपीए हाँसिल गरेका छन् । त्यस्तै गोदावरी-२ कै सुप समावेशी आधारभूत विद्यालयले पनि शतप्रतिशत नतिजा हाँसिल गरेको छ ।

अपांगता भएका बालबालिका अध्ययनरत रहेको यस विद्यालयबाट ७ जना परीक्षामा सहभागी भएकोमा सातै जना उत्तिर्ण भएका हुन् ।

नगरपालिकाले गृहकेन्द्रको व्यवस्था गरेपछि सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीहरु पहिलोपटक परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै ब्राइट स्टार स्कुलबाट २५ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएकोमा सबै उत्र्तिण भएका हुन् । त्यस्तै भजनदेवी एकेडेमीबाट कक्षा ८ को परीक्षामा सहभागी भएका सबै १४ जना उत्र्तिण भएका छन् ।

जेके सेकेन्डरी स्कुलबाट एक जना सहभागी भएकोमा उत्तिर्ण भएका छन् । आधारभूत तह कक्षा ८ को परीक्षामा ६१ वटा विद्यालयका ३ हजार १३९ जना विद्यार्थी सहभागी भएका थिए ।

कक्षा ५ मा ८२ विद्यालयका २ हजार ६७१ जना सहभागी भएकोमा ५३ विद्यालयले शतप्रतिशत नतिजा हाँसिल गरेका छन् ।