
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ मा रहेको एभरेष्ट एकेडेमीले शिक्षक, विद्यार्थीका लागि उद्धघोषण तालिम सुरु गरेको छ ।
२० जना शिक्षक, विद्यार्थीहरुका लागि उद्धघोषण तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए । हिजोदेखि सुरु भएको तालिम पाँचदिनसम्म सञ्चालन हुनेछ ।

विद्यालयको बिदाको समयको सदुपयोग गर्दै इच्छुक शिक्षक र विद्यार्थीका लागि पाँच दिने उद्धघोषण तालिम आयोजना गरिएको जोशीले बताएका छन् ।
















