
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-३ स्थित मालाखेतीमा रहेको खप्तड विद्या निकेतनको दीक्षान्त समारोह सम्पन्न भएको छ ।


सोमबार विद्यालयले दीक्षान्त समारोहको आयोजना गरेको हो ।
समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल श्याम बहादुर खत्रीले विद्यार्थीहरुलाई हौसला बढाउन दीक्षान्त समारोहको आयोजना गरिएको बताए ।

शिक्षाको गुणस्तर बढाउन शिक्षक, विद्यार्थीसंगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए ।
शिक्षामा सरकारले विभिन्न नितिहरु परिर्वतन गरिरहेको वर्तमान अवस्थामा अभिभावकको काँधमा ठुलो जिम्मेवारी आएको खत्रीको भनाई छ ।

















