
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ७ गतेदेखि सुरु हुने भएको छ ।
त्यस्तै वैशाख१५ गतेदेखि पठनपाठन सुरु गर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाको आज बसेको कार्यपालिकाको वैठकले उक्त निर्णय गरेको हो ।

नेपाल सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि अध्ययन, अध्यापनको कार्य सुरु गर्ने निर्णय गरी सोहीअनुसार शैक्षिकसत्र अगाडि बढाउन पालिकाहरुलाई पत्राचार गरेको थियो ।

















