लिपुलेक मार्गबारे नेपाललाई भारतको जवाफ : यो कुनै नयाँ होइन, दशकौँदेखि चलिरहेको छ

Image
maya metro

काठमाडौं – भारतले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा स्पष्ट पारेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार कूटनीतिक पत्र पठाएको थियो ।

त्यसपछि भारतको तर्फबाट लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा पुरानो मार्ग भएको प्रतिक्रिया आएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, “लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो । यस मार्गबाट यात्रा दशकौँदेखि चलिरहेको छ, यो कुनै नयाँ होइन ।”

nisarga

यस सन्दर्भमा भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको बताएका छन् । भारतले नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि तयार रहेको पनि जनाएको छ । सीमासम्बन्धी बाँकी रहेका विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।