
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयरको गाडी दुर्घटनाबारे छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले माग गरेको छ ।
रास्वपा गोदावरी नगर समितिका सभापति दिपक ओझाले आज एक विग्यप्ती जारी गर्दै अत्तरिया धनगढी ६ लेन सडक खण्डमा दुर्घटना भएको र मापसे सेवन गरि सरकारी गाडिको दुरुपयोग गरिएकोबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

कानुन विपरीत भए कारबाही गर्न पनि माग गरिएको छ ।
















