
अत्तरिया – सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले कैलालीको गोदावरी ४ मा पर्ने बुढीतोला क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि १ करोड बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
बुढीतोलामा जारी ‘बुढीतोला पर्यटन महोत्सव’को समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै सचिव कोइरालाले बुढीतोला क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि आगामी आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गर्ने घोषणा गरेका हुन् ।

महोत्सव आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले सो क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि विभिन्न ५ बुँदे माग पेश गरेको थियो ।















