यस्तो रहनेछ आजको मौसम

Image
maya metro

काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको हो । केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

nisarga

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लामा हावाहुरी/असिना/मेघगर्जन/चट्याङको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको विभागले बताएको छ ।