खप्तड विद्या निकेतनका नव आगन्तुक विद्यार्थीलाई स्वागत

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–३ स्थित मालाखेतीमा रहेको खप्तड विद्या निकेतनले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

nisarga

सोमबार विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक विद्यार्थी तथा शिक्षकहरूलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल श्याम बहादुर खत्रीले विद्यार्थीहरूको हौसला बढाउन स्वागत कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

विद्यालयमा विभिन्न कक्षामा गरेर सोमबारसम्म १५८ जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।