
अत्तरिया – डिभिजन वन कार्यालय धनगढीले सामुदायिक वन अतिक्रमण गरी राखिएका ४७ खोकाछाप्रा हटाएको छ ।
बिहिबार गोदावरी-८ स्थित सुर्योदय सामुदायिक वन अतिक्रमण गरी राखिएका २७ वटा र गोदावरी -१ स्थित सुरक्षा महिला सामुदायिक वन अतिक्रमण गरी राखिएका २० वटा खोकाछाप्रा हटाइएको हो ।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरले वन अतिक्रमण हटाउने कार्य निरन्तर हुने बताएका छन् ।















