
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविको नयाँ वेबसाइट सार्वजनिक गरिएको छ ।
विद्यालयले आज एक कार्यक्रमको आयोजना गर्दै Durgalaxmi.edu.np नामको वेबसाइट सार्वजनिक गरेको हो ।

उक्त वेबसाइट विद्यालयमा कक्षा १२ मा कम्प्युटर इन्जिनियर विधामा अध्ययनरत ६ जना विद्यार्थीहरूले डिजाइन गरेका हुन् ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत वैबसाइट निर्माण गरेका उनीहरुले आज विद्यालयलाई श शुल्क हस्तान्तरण गरेका हुन् ।
वैबसाइट आवस्यक परेमा वैबसाथी नामको आफूहरूको कम्पनीलाई सम्पर्क गर्न पनि उनीहरूले अनुरोध गरेका छन् ।
कुशल थापा, ललित महर, छत्र बिक, वर्षा बोगटी, रावल सुनार र आशिष उपाध्यायले साइट निर्माण गरेका हुन् ।














