विपन्न बालबालिकालाई बोगटी दम्पतिको सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेका कर्ण बहादुर बोगटी र उनकी धर्मपत्नी पदमा बोगटीले विपन्न बालबालिकालाई सहयोग हस्तान्तरण गरेका छन् ।

उनीहरले वडा नम्बर ८ का ९ जना विपन्न बालबालिकालाई खेल र शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

nisarga

विपन्न पारिवारिक अवस्था भएका बालबालिकाहरुलाई थोरै भए पनि राहत होस् भन्ने उदेश्यले आफूले सहयोग हस्तान्तरण गरेको उनीहरुले बताएका छन् ।