गेटा आँखा अस्पताल अगाडी आज नारा जुलुससहित विरोध प्रदर्शन

Image
maya metro

अत्तरिया – कैलालीको गेटा आँखा अस्पताल संघर्ष समितिले आँखा अस्पतालको गेट अगाडी आजपनि विरोध जनाएको छ ।

आज नारा जुलुससहित समितिले विरोध जनाएको हो । विभिन्न १२ बुँदे माग राख्दै जेठ १९ गतेदेखि विरोधमा उत्रिएको समितिले प्रत्येक दिन स्वरुप परिवर्तन गर्दै विरोध प्रदर्शन गरिरहेको छ।

nisarga

हिजो सिट्ठी फुकेर विरोध जनाएको समितिले आज नारा जुलुससहित डेउडा खेलमार्फत विरोध गरेको हो ।

माग पूरा नभएसम्म विरोधका कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक गणेश विष्टले बताएका छन् ।