सैनिक महाविद्यालय तेघरीले ल्यायो कक्षा १२ मा शतप्रतिशत नतिजा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले कक्षा १२ को नतिजा शतप्रतिशत हासिल गरेको छ ।

सैनिक आवासीय महाविद्यालय तेघरीबाट कक्षा १२ को परीक्षामा ६५ जना सहभागी भएकोमा सबै उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

nisarga

३१ ज्ना विज्ञान संकायबाट सहभागी भएकोमा दुई जनाले ए प्लस, १८ जनाले ए र ११ जनाले बि प्लस अंक प्राप्त गरेका छन् ।

त्यस्तै व्यवस्थापन संकायतर्फ ३४ जना परीक्षामा सहभागी भएकोमा ९ जनाले ए प्लस, २२ जनाले ए र ३ जनाले बि प्लस अंक प्राप्त गरेका छन् ।

उक्त विद्यालयले २०८२ को एसईई र आधारभूत तहको नगर स्तरीय परीक्षामा पनि शतप्रतिशत नतिजा हासिल गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।