
कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित झरनाखोलामा बगेर बेपत्ता भएकी १५ वर्षीया गरिमा तिरुवाको शव शुक्रबार बिहान फेला परेको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ रोपाइँ सकेपछि दिदीबहिनी तथा साथीहरूको समूहसँग नुहाउन गएकी गरिमा खोलाको तीव्र बहावमा बगेर बेपत्ता भएकी थिइन्।

उनको शव शुक्रबार बिहान करिब १० बजे घटनास्थलदेखि करिब ५०० मिटर तल बेलौरी–९ रतनपुरस्थित नाला किनारमा भेटिएको हो।
शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।












