निसर्ग अस्पतालद्धारा बिरामीको ३१ लाख ७७ हजार खर्च मिनाहा

Image
maya metro

अत्तरिया – करिब दुई वर्षदेखि निरन्तर उपचाररत डडेल्धुराकी बन्दना दुई वर्ष लामो उपचारपछि अस्पतालबाट घर फर्किएकी छन् ।

धनगढी स्थित निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिका अनुसार २०८१ साउन ३१ गते घर नजिकै सडकमा साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी बन्दना लिम्बु उपचार पछि घर फर्किएकी हुन ।

nisarga

लामो उपचारका कारण बिरामीको परिवारमा ठूलो आर्थिक भार परेको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उपचारपश्चात बाँकी रहेको ३१ लाख ७७ हजार रुपैयाँ बराबरको उपचार खर्च पूर्ण रूपमा मिनाहा (छुट) गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए ।

गम्भीर घाइते लिम्बुको डडेलधुरा अस्पतालमा प्राथमिक सामान्य उपचार पछि एम्बुलेन्समार्फत निसर्ग अस्पतालमा रिफर गरी भर्ना गरिएको थियो । बिरामीका परिवारले अस्पतालप्रति धन्यवाद व्यक्त गरेका छन् ।

अस्पतालले बिरामीलाई घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालका तर्फबाट एक थान आरामदायी ह्विलचेयर समेत सहयोगस्वरूप हस्तान्तरण गरिएको छ ।

निसर्ग अस्पतालले उपचार प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, शुभेच्छुक, सञ्चारकर्मी तथा बिरामीका आफन्तप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।