डा. गोविन्द केसीको सत्याग्रहको विरोध गर्दै स्थानीय !

Image
maya metro

अत्तरिया – डा। गोविन्द केसीले धनगढीबाट सत्याग्रहमा बस्ने तयारी गरेका छन् । डा। केसीले बिहीबार ९आज० दिउँसो ३ बजेबाट सत्याग्रह बस्ने घोषणा गरेका छन् । साउन ६ गते धनगढी पुगेका डा। केसीले आफ्नो अनशनको तयारी गरिरहँदा यहाँ उनको अनशनप्रति विरोध सुरु भएको छ । उनले यसअघि धनगढीमा अनशनमा व्यापाक जनसमर्थन पाउँदै आएका थिए । तर, यसपटक भने फरक दृश्य देखिएको छ ।

डा। केसीका सहयोगी डाक्टर अमृत जैशीका अनुसार केसीले धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने छन् । आजै पत्रकार सम्मेलन गरेर अनशन बस्नेबारे जानकारी गराइने भएको छ ।

nisarga

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बस्दै आएका डा। केसीले गर्न लागेको यो पटकको अनशनप्रति सुदूरपश्चिममा भने विरोध हुन थालेको छ । सर्वसाधारणले डा। केसीको आन्दोलन गलत भएको धारणा आइरहेका छन् । सामाजिक सञ्जालमा केसीलाई धनगढीमा अनशन बस्न दिन नहुने माग उठ्न थालेको छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतनका प्राचार्य सन्जय पन्तले लेखेका छन्, “डा। केसीज्यू तपाईं सुदूरपश्चिमबाट अपमानित हुनुभन्दा पहिल्यै फर्किनुस् ।”

उनले धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशाला धार्मिक अस्थाको केन्द्र भएको बताएका छन् । जहाँ अनसन, धर्ना, नारा जुलुस सोभनीय नहुने भन्दै घुमाउरो शैलीमा विरोध जनाएका छन् । उनले ‘धर्मशालालाई माइतिघर मण्डल न बनाउँ है ।”

सुदूरपश्चिम प्रदेश सरकारकी पूर्वमन्त्री पूर्णा जोशीले पनि अनशन नबस्न सुझाएकी छन् । “डा। गोविन्द केसी सर । कृपया सुदूरपश्चिममा आएर अनशन बस्ने कष्ट नगरौँ है रु दशक पुरानो मेडिकल शिक्षाको ढोका खुल्ने सम्भावना देखेरै हजुर यता आउन हतार गर्नुभएको जस्तो लाग्यो,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

अनेरास्वीयुका कैलाली अध्यक्ष कुबेर खड्काले डा। केसीको अनसन स्थलमै गएर नाराबाजीसहित विरोध गरेका छन् । उनले अनसन छोडेर काठमाडांै फर्कन आग्रह गरेका छन् ।

डा। केसीको अनशनलाई लिएर सामाजिक सञ्जालमा विरोधको स्वर बढ्दै गएको छ । तर, उनका मागको समर्थन गर्ने पनि धेरै छन् । सरकारले पटक–पटक कार्यान्वयनका लागि सम्झौता गरे पनि त्यसबाट पछि हटेको भन्दै डा। केसीलाई समर्थन गर्दै आएका छन् ।

के छन् डा। केसीका माग ?

केसी गेटा मेडिकल विश्वविद्यालयसँग सम्बन्धित विवादास्पद निर्णय र नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्डविपरीत सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय फिर्ता लिन माग गर्दै आएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ पूर्ण रूपमा कार्यान्वयन गर्न तथा स्वास्थ्य क्षेत्रका भ्रष्टाचार र अनियमिततामा कारबाही गर्नुपर्ने पाँचबुँदे माग राख्दै प्रा। डा। केसीले पुनः सत्याग्रह सुरु गर्ने तयारीमा छन् ।

डा। केसीले सरकारले पटक–पटक भएका सहमति, राष्ट्रिय चिकित्सा शिक्षा ऐन र सर्वोच्च अदालतका आदेशको मर्मविपरीत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र हुनुपर्ने उल्लेख गर्दै नेपालमा भने नीति निर्माणदेखि कार्यान्वयन तहसम्म निजी ‘मेडिकल माफिया’ र तिनका प्रतिनिधिको प्रभाव बढ्दै गएको दाबी गरेका छन् । यसले ग्रामीण स्वास्थ्य सेवा, गुणस्तरीय चिकित्सा शिक्षा र सर्वसाधारणको स्वास्थ्य अधिकारमाथि गम्भीर असर परेको उनको आरोप छ ।

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक पूर्वाधार नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजमा सिट संख्या वृद्धि गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । यस्ता निर्णयले गरिब तथा जेहेन्दार विद्यार्थी चिकित्सा शिक्षा अध्ययनबाट वञ्चित हुने र केही वर्षमै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक अभाव झन् गम्भीर बन्ने चेतावनी डा। केसीले दिएका छन् ।

गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने प्रक्रियामाथि पनि उनले प्रश्न उठाएका छन् । आईओएम वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलमा सञ्चालन गर्न सकिने संस्थालाई नयाँ संरचना र विवादास्पद प्रावधानमार्फत निजी स्वार्थअनुकूल बनाउन खोजिएको उनले आरोप लगाएका छन् । यस्तो कदमले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने र चिकित्सा शिक्षा सुधारको अभियान कमजोर बनाउने उनको भनाइ छ ।

स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने, साथै विगतका हत्या, आगजनी, लुटपाट, भ्रष्टाचार र अपराधका घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उनको माग छ ।