
अत्तरिया – रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै अत्तरियामा रहेको अत्तरिया हस्पिटल २ लाख २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो।
हस्पिटलले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रति आफू प्रतिवद्ध रहेको जनाएको छ ।
अस्पताल परिवारले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ।













