सुदूरपश्चिमका प्रहरी चालकलाई ४८ घण्टाभित्र दरबन्दीमै खटाउन डीआईजीको निर्देशन

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले सवारी चालक प्रहरी कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा खटाउन निर्देशन दिएका छन् ।

दरबन्दी भएका बाहेकका प्रहरी कार्यालयमा कार्यरत ३६ जना सवारी चालकलाई सम्बन्धीत कार्यालयमै खटाउन निर्देशन दिइएको हो ।

nisarga

डीआईजी भट्टराईले मातहतका प्रहरी कार्यालयलाई लेखेको पत्रमा कुनै बाहाना नबनाएर ४८ घण्टाभित्र रमना गरिसक्न भनेका छन् ।