
अत्तरिया – कैलालीको खसीको भनेर बाख्राको मासु बेच्ने दुई जना पक्राउ परेका छन् ।
रफिक मासु पसलका सञ्चालक रफिक कुरेसी र बाख्रा धनी कृष्णपुर-३ को मालिकार्जुन होटलका सञ्चालक गणेश सिंह धामी पक्राउ परेका हुन् ।

अनुगमनकाक्रममा खसीको मासु भन्दै बाख्राको मासु बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।















