गोदावरीमा स्कारपियोले अटोरिक्सालाई ठक्कर दिदा ६ जना घाईते

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ३ चौकीडाँडामा स्कारपियोले अटोरिक्सालाई ठक्कर दिदा ६ जना घाईते भएका छन् । गोदावरी नगरपालिका-३ चौकिडाँडाँ (मालिकाटोल) नजिकै भारतिय नम्बर प्लेटको स्कारपियोले अटोरिक्सालाई ठक्कर दिएको हो ।

महेन्द्रनगरबाट पुर्वतिर गईरहेको भारतिय युके ०४AG९५७८ नम्बर प्लेटको स्कारपियोले चौकिडाँडाँबाट अत्तरिया तर्फ आईरहेको से १ ह १९ ७० नम्बरको अटोलाइ ठक्कर दिदा स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना गरी ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए ।

nisarga

घाईते मध्ये एक जनाको टाउकोमा चोट लागेको र अन्यको अवस्था सामानय रहेको प्रहरीले जनाएको छ ।