
अत्तरिया – कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सव माघ १८ देखि २९ सम्म सञ्चालन हुने भएको छ । आज आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १८ गते देखि २९ गतेसम्म महोत्सवको आयोजना गरिन लागको जानकारी दिएको हो ।
हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

४ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा करिब ४ सय स्टल रहने र १५ करोड बढीको कारोबार हुने अपेक्षा लिइएको कैलाली उद्योग बाणिज्य संघ अध्यक्ष पुस्प राज कुवँरले बताए ।















