
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो।

त्यस्तै,नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ।















