देशभर ९४४ कोरोना संक्रमित थपिए

Image
maya metro

काठमाडौं – नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १३ हजार २६४ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ६९६ र एन्टिजेनबाट २४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २९७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ। नेपालमा पछिल्लो केही दिनदेखि संक्रमित संख्या बढिरहेको छ। शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

nisarga