
अत्तरिया – नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन आज हुने भएको छ। यसअघि आइतबार बिहान ८ः३० बजेका लागी मतदानको समय तोकिएको भएपनी पछि तयारी नपुगेको भन्दै ढिलाई भएएपछि विवाद बढेको थियो ।
निर्वाचनमा ढिलाई भएपछि प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि झडपको अवस्था समेत श्रिजना भएको थियो । एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।














