
धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।
यस्तै उपाध्यक्षमा दुर्गाप्रसाद जाेशी विजयी भएका छन्। उपाध्यक्षका अर्का उमेदवार सीताराम बुढाथोकीलाई पराजित गर्दै जाेशी निर्वाचित भएका हुन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए।
सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए।

यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।
एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा उत्रीएका थिए ।६०९ मतदाता रहेको जिल्लामा ५९० मत खसेको थियो ।













