कञ्चनपुरमा एकैदिन ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एकैदिन ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ७१ जना रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। ९१२ जनाको नमूना ऐन्टिजेन र २० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८६ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ३० पुगेको छ। हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ। भारतमा कोरोना संक्रमण बढेपछी स्वदेश भित्रिने नेपालीको संख्या बढेसंगै सिमानाकामा परिक्षणको दायरा बढाईएको छ ।

nisarga