नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

Image
maya metro

महोत्तरी – महोत्तरीमा नक्कली नोटको कारोबारमा संलग्नको आशंकामा दुई जना पक्राउ परेका छन् ।

नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका(६ का मोजहिद रेजा भिठ्ठामोड(जलेश्वरबाट पक्राउ परेका हुन् ।

nisarga

भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १(१ हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।