बैतडीका अवस्थी हत्या प्रकरण : ‘हरिश दाजु–भाई मिलेर डम्बरको हत्या’

Image
maya metro

महेन्द्रनगर – बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सुर्नया गाउँपालिका–६ कै २८ वर्षीय नवराज अवस्थी सोमबार पक्राउ परेका हुन् ।

यसअघि डम्बरको हत्या आरोपमा हरिश अवस्थी पक्राउ परिसकेका छन् । नवराज र हरिश काका, बाबुका छोरा भएको र हत्या गर्न नवराजले भाई हरिशलाई सघाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

nisarga

‘हरिशले दिएको बयानको आधारमा नवराज अवस्थीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताए ।

नवराजले हत्यामा आफूले सहयोग गरेको स्वीकारेको ओझाले बताए । हरिशले पनि अहिले आएर नवराजले सघाएको बयान दिएका हुन् । उनीहरु काका–बाबुका छोरा हुन् ।’

गत पुस १४ गते हरिशले डम्बरलाई फोन गरेर खर्काधार जंगलमा बोलाएका थिए । प्रहरीका अनुसार त्यहाँ दुबैजनाका बीचमा झगडा भएको थियो । डम्बर भीरबाट लडे । त्यसपछि हरिशले उनलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा नवराजले सघाएपनि कुन तरिकाले सहयोग गरेका हुन् त्यसका बारेमा भने अझै बिस्तृत खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।