सुदूरपश्चिममा १ हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा मंगलबार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।

२सय ५७जनाको पीसीआरमार्फत र २ सय ३१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

nisarga

आज संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना आजै भारतबाट आएका नागरिक हुन्।त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित मध्ये कैलालीका २ सय ६४, कञ्चनपुरका १ सय ६४, डडेल्धुराका १५, बाजुराका ११, अछाम, बझाङका १०÷१०, बैतडीका ७, डोटीका ५, दार्चुलाका १, प्रदेश बाहिरका १ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ५ सय २१ पुगेको छ ।