देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Image
maya metro

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको विवरण अनुसार २३ हजार ९२ जनामा गरिएको परिक्षणमा १० हजार ७०३ जना संक्रमित भेटिएका हुन। यस अवधिमा तीन जना संक्रमितको मृत्यु भएको छ।

nisarga

यस्तै हाल देशभर ६५ हजार ३ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा ७६६ जना कोरोनामुक्त भएका छन्।