नदी किनारमा कपडा छोडेर एक जोडी बेपत्ता

Image
maya metro

काभ्रे – भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोशी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन्।

एक दिनको फरकमा एक साताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका–५ की करिब ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन्।

nisarga

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए। शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका छन्।

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए। फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ।

उनले भने‚ ‘उनीहरू शंकास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ।’ बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ।

रासस