थप २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टी

Image
maya metro

काठमाडौं – नेपालमा थप २८ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ३२ नमुनामध्‍ये २८ वटामा ओमिक्रोन पुष्टि भएको हो।

nisarga

बाँकी ४ नमुनामा डेल्टा भेरिएन्ट देखिएको छ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गत एक सातामा गरिएका परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजेन परीक्षणमा ३५ प्रतिशत कोरोना पोजिटिभ फेला परेका छन्।