जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

Image
maya metro

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ।

राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

nisarga

विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिनेछ।

आगामीे ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागका निर्देशक निर्देशक लामिछानेले बताए। उनकाअनुसार नेपालको जनसंख्या ३ करोड ननाघ्ने प्ररम्भिक नतिजामा देखिएको छ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो। भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।