५ वटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

Image
maya metro

काठमाडौं – पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् ।कालो सूचीमा राख्न लेखी पठाइएका कम्पनीहरूमा श्री कर्णाली विल्डर्स, जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवा, रसुवा, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन्।

nisarga

अनुगमन कार्यालयले उनीहरूसँग कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न मा गरे पनि हालसम्म स्पष्टीकरण पेस नगरेको जनाएको छ । कार्यालयले स्पष्टीकरण पेस गर्न थप सात दिनको समय दिएको छ ।