भतिजी हत्याको आरोपमा एक जना पक्राउ

Image
maya metro

स्याङजा – आफ्नै भतिजीको हत्या गरेको आरोपमा स्याङजामा  एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका(७ पिपलछापका ३८ वर्षीय वासुदेव ढकाल रहेका छन् ।

nisarga

प्रहरीका अनुसार ढकालले २७ महिनाकी भतिजी सुविनालाई जमिनमा पछारेका थिए । जमिनमा पछारिएपछि बेहोस भएकी सुविनाको उपचारको क्रममा पाल्पाको रामपुर अस्पतालमा मृत्यु भएको हो ।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।