नक्कली मास्क उत्पादन गरि बेच्ने चार पक्राउ

Image
maya metro

काठमाडौँ – नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ। काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यहाँस्थित त्रिपुरेश्वरमा रहेको महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सले अमेरिकी ब्राण्डको थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क बिक्री गरेको पाइएको हो । यसरी बिक्रीमा संलग्न चार जनालाई छ हजार ११४ थान थ्रीएम मास्कसहित पक्राउ गरिएको छ।

nisarga

महानगरीय प्रहरी परिसरका अनुसार महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरिएको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्ने भारत राजस्थान बस्ने नक्कली मास्क सप्लायर्स यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर सङ्खुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।

रासस