कञ्चनपुरका ३ पालिकामा २ महिना बिजुली अवरुद्ध हुने

Image
maya metro

कञ्चनपुर – नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ।

माघ १८ गतेदेखि २ महिनासम्म विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

nisarga

झलारी–बेलौरी ३३ केभी लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ।

ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको केन्द्रले बताएको छ।

वितरण केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको छ।’

झलारी–बेलौरी ३३ केभी लाइन अन्तर्गत लालझाडी गाउँपालिकाका साथै बेलौरी र पुर्नवास नगरपालिका पर्छन्।

दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध हुने भएको छ।