
अत्तरिया – सेती प्रादेशीक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

दम सम्बन्धी समस्या रहेका ति पुरुषमा हिजोमात्रै कोरोना संक्रमण पुष्टी भएको थियो ।





























