
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आमाको पुन्यतिथिमा कम्बल सहयोग गरिएको छ । गोदावरी नगरपालिका १ बस्ने संकेत फुलाराले आमाको १९ औँ पुन्यतिथिमा कम्बल सहयोग गरेका हुन् ।
उनले गोदावरी नगरपालिका भित्रका आर्थिक अवस्था कमजोर भएका,अपाङ्गता भएका ब्यक्ति र एकल महिला गरि २० जनालाई एक कार्यक्रमकाबिच कम्बल हस्तान्तरण गरेका हुन् । उनले बिपन्नहरुलाइ सहयोग होस भनेर आमाको पुन्यतिथिमा सहयोग गरेको बताए । बिगतका बर्षमापनि आमाको पुन्य तिथिमा सामाजिक कार्य गर्दै आएका थिए । फुलाराले आफुले सेेयर बजारबाट गरेको आम्दानी र आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको बताए ।































