कैलालीमा बेवारिसे अबस्थामा ६४ बोरा चिनी बरामद

Image
फाईल फोटो
maya metro

भजनी – कैलालीमा बेवारिसे अवस्थामा ६४ बोरा चिनी बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डमा उक्त चिनी फेला पारेको हो।

nisarga

बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।