मंगलबार सुदूरपश्चिममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – मंगलबार सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ सय २८ जनाको एन्टिजेन र २ सय १४ जनाको पीसीआर परीक्षण गर्दा आज २४६ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये ३४ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ६६२ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५०८ जना पुगेको निर्देशनालयले जनाएको छ । उनीहरुमध्ये ८१ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

nisarga

निर्देशनालयका अनुसार प्रदेशमा आज १ जना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो।