त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

Image
maya metro

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । रोकिएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने बताइएको छ ।

जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा सुरु हुने भएको हो ।

nisarga

यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ । साथै परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कुन कुन कोड र विषय हो यसबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सूचित गरेको छ ।

परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने बताइएको छ ।