सुदूरपश्चिममा बुधबार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ सय ३० जनाको एन्टिजेन र १ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा आज २०३ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये ४६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ७५४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ४७२ जना सक्रिय संक्रमित पुगेका छन्।

nisarga

उनीहरुमध्ये ८० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

 पछिल्लो २४ घण्टामा ५३ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३९ हजार ९७३ पुगेको छ ।