कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, ३१७५ संक्रमित थपिए

Image
maya metro

काठमाडौं – नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १२ हजार ६०५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट २७४२ र एन्टिजेनबाट ४३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ हजार ७२३ संक्रमित कोरोनामुक्त भएका छन् । देशभरि ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन्।

nisarga