सुदूरपश्चिममा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार ९१२ जनाको एन्टिजेन र १४७ जनाको पीसीआर परीक्षण गर्दा आज १२५ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये ३४ जना आज नै भारतबाट फर्केका नागरिक हुन्।यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ५९१ पुगेको छ ।

nisarga

 निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार ५८० जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ७९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ३२६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ४० हजार ५२३ पुगेको छ ।