अत्तरियामा वेवारिसे फेला परेका बालकको उद्धार

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा वेवारिसे अवस्थामा फेला परेका एक बालकको उद्धार गरिएको छ । अन्दाजी १५÷१६ बर्षको जस्तो देखिने ति बालक अत्तरियाको विजयनगरमा फेला फेला परेका थिए ।

उनलाई स्थानीय धर्मराज जोशीले आफ्नो पसल अगाडी भेटेका थिए । बिहानै जाडोले कठ्याग्रिरहेको अवस्थामा ति बालक फेला परेको जोशीले बताए ।

nisarga

राम्ररी बोल्न नसक्ने ति बालकको सामाजीक सँस्था थ्रिडिभिएल क्रियसनको सहयोगमा इलाका प्रहरी कार्यालय मालाखेतीले उद्धार गरेको हो ।