
डोटी – डोटीमा नेपाल कम्युनिष्ट पार्टी एमालेले रक्सी खुवाएर पार्टी प्रवेश गराएको आरोप लागेको छ । नेकपा माओवादी केन्द्रका नेताले आफूलाई रक्सी खुवाएर जबरजस्ती पार्टी प्रवेश गराएको आरोप लगाएका हुन् ।
नेकपा माओवादी आदर्श गाउँपालिका संगठन कमिटि उपाध्यक्ष रण बहादुर नेपालीले यस्तो आरोप लगाएका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो घरमा जुठो परेको समयमा नेकपा एमाले आदर्श गाउँपालिकाले मादक पदार्थ रक्सी सेवन गराएर जवरजस्ती पार्टी प्रवेश गराएको जनाएका छन् ।















